+
+
Shares

विशेष महाधिवेशन पक्षधरले भने- भोलि निर्वाचन समिति भंग हुन्छ, त्यसपछि प्रक्रिया थाल्छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन पक्षधरहरूले मंगलबारबाट निर्वाचन प्रक्रिया अघि बढाउने बताएका छन्।
  • महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले 'भोलि निर्वाचन समिति लगायत भंग हुन्छ र नयाँ निर्वाचन समिति अगाडि बढ्छ' भने।
  • पक्षधरहरूले विशेष महाधिवेशनलाई ५१ प्रतिशत मत भए पुग्ने र २/३ को अविश्वास प्रस्ताव लागू नहुने दाबी गरेका छन्।

२८ पुस, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन पक्षधरहरूले भोलि (मंगलबार) बाट निर्वाचन प्रक्रिया अघि बढाउने बताएका छन् ।

हिजो उद्घाटन सत्र र आज बन्दसत्र गरेको विशेष पक्षधरहरूले भोलिबाट निर्वाचन प्रक्रिया थाल्ने बताएको हो ।

मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले यसबारे जानकारी गराएका हुन् ।

‘महामन्त्रीको प्रतिवेदनउपर भोलि हलले निर्णय दिन्छ, नितिबारे । भोलि निर्वाचनको प्रकृया थाल्छौँ। भोलिलाई पनि हल बुक भएको छ,’ उनले भने, ‘भोलि निर्वाचन समिति लगायत भंग हुन्छ र नयाँ निर्वाचन समिति अगाडि बढ्छ । नितिमा परिवर्तन र नेतृत्वमा परिवर्तन । त्यो परिवर्तन नभई अब कुरो हुँदैन ।’

विशेष महाधिवेशनलाई ५१ प्रतिशत मत भए पुग्ने उनको दाबी छ ।

‘हामीले सभापतिउपर अविश्वासको प्रस्ताव राखेको हैन । सभापति हटाउने कुरामा २/३ चाहिन्छ भन्ने कुरो आइरहेको छ,’ उनले भने, ‘तर त्यो दुइतिहाइ अविश्वासको प्रस्तावको हकमा हो । हाम्रो यो गतिविधिमा त्यो कुरा आकर्षित हुँदैन । विशेष महाधिवेशनले ५१% लाई चिन्छ ।’

भोलि पार्टी नेतृत्व महाधिवेशनस्थल आए त्यही अनुसार अघि बढ्ने र नआए स्वभाविक रुपमा प्रक्रिया अघि बढ्ने उनले बताए ।

‘भोलि नेतृत्व आए कोर्स त्यहीअनुसार अघि बढ्ला । नआएको आवस्थामा महाधिवेशन प्रतिनिधिले अपमान महसुस गर्नेछन् । र, त्यसपछि स्वभाविक रुपमा निर्वाचनको प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

यसअघि पार्टीले खम्बबहादुर खाँतीको नेतृत्वमा निर्वाचन समिति बनाएको थियो । केन्द्रीय समिति, निर्वाचन समिति भंग गरेर विशेष महाधिवेशन समितिले नयाँ निर्वाचन समिति बनाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?