+
+
Shares

ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्छु भनेपछि चीनको यस्तो प्रतिक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएपछि चीनले विरोध जनाएको छ।
  • चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बल प्रयोग वा धम्कीको विरोध गर्ने बताइन्।
  • इरानमा आर्थिक संकटले आक्रान्त नागरिक सडक प्रदर्शनमा उत्रिएका छन् र स्थिति हिंसात्मक बन्दै गइरहेको छ।

२८ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएकोप्रति चीनले प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्कीको चीनले विरोध गर्ने बताइन् ।

यस विषयमा पत्रकारले राखेको जिज्ञासामा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, ‘हामीले सदैव देशको आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको विरोध गरेका छौं, सबै देशको सम्प्रभुता र सुरक्षाको विषय अन्तर्राष्ट्रिय कानुन अनुसार पालना भइराख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

इरानमा जारी प्रदर्शनका दौरान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कयौं पटक त्यहाँको इस्लामिक सरकारमाथि सैन्य हस्तक्षेप गर्ने चेतावनी दिँदै आएका छन् । ट्रम्पले हालै पनि आफ्नो भाषणमा भनेका थिए, ‘इरानको सरकारले सम्पूर्ण हद पार गरेको छ र अमेरिकाले कयौं विकल्पमा विचार गरिरहेको छ ।’

इरानमा चरम आर्थिक संकटका कारण गत डिसेम्बर २८ देखि सरकारविरोधी प्रदर्शन भइरहेको छ ।

इरानका सर्वोच्च नेता अयोतुल्लाहा खामेनीले अमेरिका र इजरायलले इरानका नागरिकलाई भड्काएको आरोप लगाउँदै आएका छन् ।

प्रदर्शन हिंसात्मक हुँदा इरानमा हालसम्म ५०० भन्दा बढीको मृत्यु भएको एक अमेरिकी निगरानी संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सुरक्षाकर्मीले सयौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएका छन् ।

आणविक हतियार विकास कार्यक्रम सञ्चालन गरेको भन्दै इरानमाथि संयुक्त राष्ट्रसंघ र अमेरिकाले थुप्रै प्रतिबन्ध लगाएको छ ।

तेलमा आधारित इरानको अर्थतन्त्र प्रतिबन्धका कारण धराशायी बनेको छ । डलरको तुलनामा इरानी मुद्रा इतिहासमै कमजोर भएको भन्दै भन्दै हजारौं व्यवसायी र नागरिक लगातार प्रदर्शनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?