+
+
Shares

विश्वप्रकाशको प्रस्ताव : एकपटक समानुपातिक, अन्तिम पटक समानुपातिक

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक पटकको समानुपातिक अन्तिमपटक समानुपातिक हुने प्रस्ताव पेस गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक पटकको समानुपातिक अन्तिमपटक समानुपातिक हुने प्रस्ताव पेस गरेका छन्।
  • शर्माले विशेष महाधिवेशनको सांगठनिक राजनीतिक प्रतिवेदनमा 'प्रत्यक्ष या समानुपातिक प्रतिनिधित्वको निश्चित कार्यकाल हुने' उल्लेख गरेका छन्।
  • कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक पटकको समानुपातिक अन्तिमपटक समानुपातिकको उम्मेदवार हुने प्रस्ताव पेस गरेका छन् ।

विशेष महाधिवेशनको बन्दसत्रको हलमा सांगठनिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै शर्माले यो प्रस्ताव पेस गरेका हुन् ।

‘प्रत्यक्ष या समानुपातिक प्रतिनिधित्वको निश्चित कार्यकाल हुने । (एकपटक समानुपातिक/अन्तिमपटक समानुपातिक),’ उनले पेस गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ ।

 

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?