+
+
Shares

घनश्याम भूसालले दिए विशेष महाधिवेशनका लागि गगन-विश्वलाई शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते ११:०५

२६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का नेता घनश्याम भूसालले गगन थापा र विश्वप्रकाश शर्मालाई विशेष महाधिवेशनका लागि शुभकामना दिएका छन् ।

महामन्त्रीद्वयले घोषणा गरेको महाधिवेशन सफलताले नेपाली राजनीतिमा ठूलो महत्व राख्ने बताउँदै भूसालले सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

‘… नेपाली काङ्ग्रेसलाई काङ्ग्रेसीहरुको बनाउन सक्यो भने कम्युनिष्ट पार्टी पनि कम्युनिष्टहरुकै हुन कर लाग्छ । बीच सडकमा दिनदहाडै भैरहेको तथाकथित विचारहरुको खुलेआम खरिदबिक्री रोकिने छ ‘, उनले लेखेका छन्, ‘त्यस अर्थमा यो विशेष महाधिवेशनको सफलताले नेपालको राजनीतिमा ठूलो महत्व राख्नेछ । कम्तिमा दलाल पुँजीवादको संयुक्त कार्यालय विघटन हुनेछ । शुभकामना ! ‘

पूर्वमन्त्रीसमेत रहेका नेता भूसाललले गगन थापा र विश्वप्रकाशहरुको नेतृत्वमा हुने नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन उनीहरुकै मामिला भए पनि यसले नेपाली राजनीतिको मधुशाला भत्काउन सके वर्तमान गतिरोध तोड्न असाधारण योगदान गर्ने बताएका छन् ।

गगन-विश्वको नेतृत्वमा यही पुस २७ र २८ गते भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ । संस्थापन पक्षले भने यसलाई अस्वीकार गरेको छ ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?