+
+
Shares

चन्द्रदेव जोशीले दिए घनश्याम भूसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १४:३४

काठमाडौं । नेकपा संयुक्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी घनश्याम भूसालले पाएका छन् । अध्यक्ष चन्द्रदेव जोशीले आफू बुढो भएको भन्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी भूसाललाई दिएका हुन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जोशीले घनश्याम भूसाललाई देखाउँदै भने, ‘मैले बुढो भएर काम गर्न नसक्ने भएकाले आफ्नो सम्पूर्ण बोझ, भार उहाँको काँधमा दिएर कार्यवाहकको घोषणा गरेको छु ।’

यसअघि ११ मंसिरमा घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी घोषणा भएको थियो ।

सो कार्यक्रममा एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ नै राख्ने, पार्टीको चुनाव चिह्न नेकपा संयुक्तकै हँसिया राख्ने र झण्डामा प्रचलित कम्युनिस्ट पार्टीको झण्डामा बौद्धिक श्रमको प्रतिनिधित्व हुने गरी संकेत प्रयोग गर्ने जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?