+
+
WC Series
लुम्बिनी लायन्स 2025
143/10 (19.4)
VS
२५ बलमा २९ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
115/2 (15.5)
Shares

घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकता गर्ने सहमति

सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १३:३८

११ मंसिर, काठमाडौं । घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी सहमति भएको छ । दुई पार्टीका नेताहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता घोषणाबारे जानकारी दिएका हुन् ।

सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको छ ।

पार्टीको चुनाव चिह्न पनि नेकपा संयुक्तकै हँसिया राख्ने सहमति भएको छ ।

झण्डामा प्रचलित कम्युनिस्ट पार्टीको झण्डामा बौद्धिक श्रमको प्रतिनिधित्व हुने गरी संकेत प्रयोग गरिने भएको छ ।

केही दिनभित्रै दुई पार्टीबीच एकता घोषणा कार्यक्रम सम्पन्न गर्ने र दुई महिनाभित्र सम्मेलन गर्ने जानकारी पनि उनले गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?