+
+
Shares

ओली चुनावको एकमात्र बाधक बनेका छन्, पछि लतारिएर आउँछन् : घनश्याम भूसाल

‘चुनावका लागि ओलीजी मात्रै बाधक हुन् । अरू कुनै कुराले चुनाव रोकिँदैन । अहिले देखिएको ओलीजी मात्रै हो,’ उनले भने, ‘तर सबैले चुनाव प्रचारप्रसार गरिसकेपछि ओलीजी पनि लतारिनु बाहेक अर्को कुनै विकल्प हुँदैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १२:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमन्त्री घनश्याम भूसालले आगामी निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र बाधक रहेको टिप्पणी गरेका छन् ।
  • भूसालले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको बताएका हुन् ।
  • उनले आफ्नो समूह नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चुनावमा जाने घोषणा गर्दै चुनावमा राम्ररी एजेण्डासहित फेस गर्ने बताएका छन् ।

२८ कात्तिक, काठमाडौं । पूर्वमन्त्री एवं नेता घनश्याम भूसालले आगामी निर्वाचनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एकमात्र बाधक रहेको टिप्पणी गरेका छन् ।

भूसालले अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको तर्क गरेका हुन् ।

‘चुनावका लागि ओलीजी मात्रै बाधक हुन् । अरू कुनै कुराले चुनाव रोकिँदैन । अहिले देखिएको ओलीजी मात्रै हो,’ उनले भने, ‘तर सबैले चुनाव प्रचारप्रसार गरिसकेपछि ओलीजी पनि लतारिनु बाहेक अर्को कुनै विकल्प हुँदैन ।’

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता भूसालले आफ्नो समूह नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित निर्वाचनमा जाने घोषणा गरे । ‘हामीसँग अलरेडी पार्टी छँदैछ । आउने चुनावमा हामीले राम्ररी एजेण्डासहित फेस गर्छौं । हामीले चुनावमा भाग लिने कुरामा हामी प्रष्ट छौँ । हामी विप्लवजीहरुसहित चुनावमा जान्छौँ,’ उनले भने ।

उनले भवितव्य बाहेक अरू कारणले निर्वाचन सार्नुपर्ने कारण नरहेको बताए । ‘भवितव्य, तात्कालीक प्राविधिक कारणले सर्‍यो भने त्यो अर्को कुरा हो । नत्र भने सरकारको तयारी र अरू राजनीतिक वातावरणको हिसावले चुनाव सार्नुपर्ने, नहुनुपर्ने कुनै कारण देख्दिनँ,’ उनले भने ।

भूसालले थपे, ‘ओलीजीले अहिले जुन ट्याउट्याउ गर्नुभएको छ । उहाँ सम्भवतः चुनावमा त्यत्तिकै आउनु हुन्न । उहाँलाई मुलुकको राजनीतिले, समाजले, नागरिकहरूले लतार्नेछन् ।’

भूसाल विभाजनपछिको नेकपा एकीकृत समाजवादी पुनर्गठन गर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?