+
+
Shares

कांग्रेस बागमती प्रदेशका ५ पदाधिकारीको अपिल- विशेष महाधिवेशनमा सक्रिय सहभागी बनौं

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १७:३९

२५ पुस, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका पाँच पदाधिकारीले विशेष महाधिवेशनमा सहभागिताका लागि अपिल गरेका छन् ।

बागमती प्रदेश कार्यसमितिका उपसभापतिद्वय चन्द्र महर्जन र मोहनबहादुर बस्नेत, कोषाध्यक्ष डा. भद्रा पराजुली भण्डारी तथा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठले विशेष महाधिवेशनमा सहभागिताका लागि अपिल गरेका हुन् ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले कांग्रेसको विधान (२०१७ संशोधन सहित) को वैधानिक व्यवस्था अनुरूप ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खुलाइ माग गरेको विशेष महाधिवेशनलाई औपचारिक रूपमा सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी र दायित्व रहेको बताएका छन् ।

उनीहरूले लामो असहजतालाई चिर्दै विधि र पद्धतिलाई ऐक्यबद्धता गरेकोमा महामन्त्रीद्वय लगायत सकारात्मक पहल गर्ने केन्द्रीय नेतृत्वलाई धन्यवाद समेत दिएका छन् ।

नेपाली कांग्रेसको विधानको धारा १७ (२) बमोजिम २७ र २८ पुसमा काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि बागमती प्रदेश भित्रका सबै महाधिवेशन प्रतिनिधिहरूलाई अपिल समेत गरेका छन् ।

साथै विशेष महाधिवेशनको औपचारिक उद्घाटन कार्यक्रममा सहभागी हुन समेत कांग्रेसका अग्रज एवं शुभेच्छुकहरूसँग आग्रह समेत गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?