२४ पुस, काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ (सबुज)ले पुस २७ गतेदेखि हुने पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूलाई स्वागत गर्दै वक्तव्य जारी गरेका छन् ।
बिहीबार वक्तव्य जारी गर्दै उनले विशेष महाधिवेशनको शुभकामना पनि दिएका छन् ।
‘नेपाली कांग्रेसका ५४.५८% महाधिवेशन प्रतिनिधिहरूको विधिवत माग बमोजिम विधानको धारा १७(२) अनुसार मिति २०८२ पुस २७ र २८ गते भृकुटीमण्डपमा दोस्रो ऐतिहासिक विशेष महाधिवेशन आयोजना हुने भएकोले सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई यस ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन आह्वान गर्दै देशको राजधानी काठमाडौंमा हार्दिक स्वागत गर्दछु एवं विशेष महाधिवेशनको ऐतिहासिक निर्णयसहित भव्य सफलताको कामना गर्दछ’ उनले भनेका छन् ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका हुन् । यसलाई पार्टीका दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासहितले मात्रै अपनत्व ग्रहण गरेका छन् । संस्थापन समूहका नेताहरूले त हस्ताक्षर फिर्ता गराउन अनुरोध गर्ने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4