Listen News
0:00
0:30
🔊
२४ पुस, काठमाडौं । नेपाली कांग्रेस ललितपुरले जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा अनिवार्य उपस्थित हुन अनुरोध गरेको छ ।
जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले विज्ञप्ति जारी गरेर प्रतिनिधिहरूलाई २७–२८ पुसका लागि तय भएको विशेष महाधिवेशनमा अनिवार्य उपस्थित हुन अनुरोध गरेका हुन् ।
ललितपुर कांग्रेसले विशेष महाधिवेशनको औपचारिक उद्घाटन समारोहका लागि २७ पुसको बिहान ११ बजे कुपण्डोलको हनुमानस्थानमा भेला भएर बाजागाजा, झाँकीसहितको र्याली भृकुटीमण्डपतर्फ जाने कार्यक्रम तय गरेको छ ।
सभापति श्रेष्ठले उक्त झाँकीसहितको र्यालीमा सहभागी हुन कांग्रेसको सम्पूर्ण तहका नेता–कार्यकर्ताहरूलाई भनेको छ ।
कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4