+
+
Shares

कांग्रेस विशेष पक्षलाई आयोगको जवाफ : कुनै पार्टीको आन्तरिक झगडामा प्रवेश गर्दैनौं

आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारी पार्टीको आन्तरिक विवादमा प्रवेश नगर्ने बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशन गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन निर्वाचन आयोगलाई पत्र पठाएका छन्।
  • निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पार्टीको आन्तरिक विवादमा आयोग प्रवेश नगर्ने बताउनुभयो।
  • विशेष महाधिवेशन पक्षधर र विपक्षीबीच विवाद चर्किँदै गर्दा विशेष महाधिवेशन पुस २७ मा भृकुटीमण्डपमा तय गरिएको छ।

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशन गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन अनुरोध गरेको पत्र निर्वाचन आयोग पुगेको छ ।

पार्टीको विधान १७ (२)अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन गर्न/गराउन पार्टी नेतृत्वलाई निर्देशन दिनू भन्दै पत्र प्राप्त भएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पुष्टि गरे ।

विशेष पक्षधरले निर्वाचन आयोगलाई पत्र पुस १६ मै पठाएका हुन् । आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारी पार्टीको आन्तरिक विवादमा प्रवेश नगर्ने बताउँछन् ।

‘कुनै पनि पार्टीको अन्तरपार्टी संघर्षमा हामी प्रवेश गर्दैनौं । पार्टीको नियमित महाधिवेशनमा प्रतिनिधि पठाउन आग्रह गर्दा त हामीले त्यसो गर्दैनौँ । यो त विवाद भएको विषय भयो,’ उनले अनलाइनखबरसँग भने, ‘निर्वाचन आयोग पार्टीको आन्तरिक झगडा रेकी गरेर बस्दैन ।’

यतिबेला कांग्रेसभित्रको विशेष महाधिवेशन पक्षधर र त्यसको विपक्षमा रहेकाहरूबीच विवाद चर्किँदो छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशसहित नेताहरू विशेषको पक्षमा छन् भने संस्थापन समूह भने नियमित महाधिवेशन नै गर्नुपर्ने र विशेष गर्दा पार्टीलाई क्षति हुने बताउँदै आएका छन् ।

त्यस्तै उनीहरूले फागुन २१ को निर्वाचनअघि महाधिवेशन हुँदा पार्टीलाई क्षति हुने बताउँदै आएका छन् । गगन-विश्व भने चुनावअघि नयाँ नेतृत्व लिएर जानुपर्ने बताउँदै आएका छन् ।

विवादकै बीच विशेष पक्षले पुस २७ गतेको तालिकासमेत ल्याइसकेको छ । विशेष महाधिवेशन भृकुटीमण्डपमा हुँदैछ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?