+
+
Shares

नमुना मतपत्र छपाइ सुरु, समानुपातिकको पर्सिबाट

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको लागि मत्रपत्र छपाइ सुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनको नमुना मत्रपत्र छपाइ सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको लागि मत्रपत्र छपाइ २२ पुसदेखि सुरु भएको छ।
  • जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा १० लाख नमुना मत्रपत्र छपाइ हुनेछ।
  • समानुपातिकतर्फ ६४ दलले बन्दसूची बुझाएका छन् र ५८ निर्वाचन चिन्हको मत्रपत्र छपाइ २४ गतेबाट सुरु हुनेछ।

२२ पुस, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको लागि मत्रपत्र छपाइ सुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनको नमुना मत्रपत्र छपाइ सुरु भएको छ ।

‘आजदेखि नमुना मतपत्र छपाइ हुन्छ । आज र भोलिमा नमुना मतपत्र छपाइ सकिन्छ,’ केन्द्रका प्रवक्ता रामबहादुर कुँवरले भने । उनका अनुसार १० लाख मत्रपत्र छपाइ हुनेछ ।

सामानुपतिकको मत्रपत्र छपाइ पर्सि २४ गतेबाट हुने केन्द्रले जनाएको छ । प्रवक्ता कुँवरका अनुसार करिब २ करोड ८ लाख समानुपातिक पत्रपत्र छपाइ हुनेछ ।

समानुपातिकतर्फको लागि ६४ वटा दलले बन्दसूची बुझाएका छन् । यसमध्ये १० वटा दलले एकल चुनाव चिन्हमा चुनाव लड्दैछन् । यसकारण समानुपातिकको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?