News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष डा. कुन्जाङ शेर्पा र आठ सदस्यले पदबहाली गरेका छन्।
२२ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिका नवनिर्वाचत उपाध्यक्ष र सदस्यहरुले पदाभार ग्रहण गरेका छन् । मंगलबार काउन्सिलको कार्यालय बाँसबारी पुगेर उपाध्यक्ष र ८ सदस्यले पदबहाली गरेका हुन् ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं बाहिर ४ र ५ पुस र उपत्यकामा ११ र १२ पुसमा निर्वाचन भएको थियो ।
निर्वाचनको नतिजा पुस १५ गते आएको थियो । उपाध्यक्षमा मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा विजयी भएका थिए । सदस्यहरूमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दिपेन्द्र पाण्डे, डा. योविन कुमार यादव, डा.अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा. निना राई र डा. रबिन बस्नेत विजय भएका थिए ।
पदबहाली गर्न कार्यालय पुगेका उपाध्यक्ष र सदस्यहरूलाई काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसाल, रजिष्ट्रार डा. सतिशकुमार देव र काउन्सिलका अन्य कर्मचारीहरूले स्वागत गरे ।
प्रतिक्रिया 4