+

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

२०८२ पुष  २१ गते १३:५० २०८२ पुष २१ गते १३:५०
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. रुना झालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक नियुक्त गरेकी छन्।

२१ पुस, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा नियुक्त भएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै डा. झालाई प्रयोगशालाको प्रमुखको जिम्मेवारी दिएकी हुन्।

यसअघि डा. झा कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिइन् । ‘मन्त्रालयबाट जिम्मेवारी हेरफर भएको जानकारी प्राप्त भएको छ । भोलि गएर पत्र बुझ्नेछु’ डा. झाले अनलाइनखबरसँग भनिन् ।

कोशीको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी भने डा. राम नारायण चौधरीलाई दिइएको छ । उनी ११ औं तहका प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन हुन् ।

जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टलाई भने दरबन्दीमै रहेर काम गर्ने गरी प्रयोगशालामा राखिएको मन्त्रालयले जनाएको छ । डा. झाले यसअघि पनि  लामो समय प्रयोगशालाको निर्देशकका रुपमा काम गरेकी थिइन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला रुना झा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पढेलेखेकै व्यक्तिहरू पनि मोटोपनलाई ‘खानदानी हुनु’ सम्झन्छन्

पढेलेखेकै व्यक्तिहरू पनि मोटोपनलाई ‘खानदानी हुनु’ सम्झन्छन्

फेरि आफ्नै खुट्टामा उभिएर देशका लागि योगदान दिन चाहन्छु

फेरि आफ्नै खुट्टामा उभिएर देशका लागि योगदान दिन चाहन्छु

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

बाथ रोगबारे डाक्टरलाई ६ प्रश्न र सजिलो उत्तर

बाथ रोगबारे डाक्टरलाई ६ प्रश्न र सजिलो उत्तर

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश