२१ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त अतिरिक्त स्वास्थ्य सचिव (१२औं तह) को बढुवाका लागि १४ जना वरिष्ठ चिकित्सकहरूले आवेदन दिएका छन् ।
मन्त्रालयको बढुवा समितिले आवेदनमा माग गर्दै नेपाल स्वास्थ्य सेवाअन्तर्गत १२औं तहमा बढुवा प्रक्रिया सुरु गरेको थियो ।
मन्त्रालयले २८ मंसिरमा १५ दिनको समय दिएर आवेदन माग गरेको थियो । तोकिएको समयसीमाभित्रमा १४ जनाको आवेदन गरेको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।
आवेदन दिने चिकित्सकमा डा. कृष्ण प्रसाद पौडेल, डा. चुमनलाल दास, डा. रुना झा, डा. विनोविन्दु शर्मा, डा. राजन पाण्डे, डा. चन्द्रभाल झा, डा. युदुचन्द्र घिमिरे छन् ।
त्यसैगरी डा. सुधा देवकोटा, नारायणप्रसाद ढकाल, दुर्गालक्ष्मी श्रेष्ठ, डा. किरणमणि पौडेल, डा. प्रमोद यादव, डा. अभय पोखरेल, डा. विष्णु प्रसाद शर्मा छन् ।
अतिरिक्त स्वास्थ्य सचिव रहेका डा. टंकप्रसाद बाराकोटीले कार्यकाल सकिन अझै दुई वर्ष बाँकी छँदै गत १९ कात्तिकमा राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो । सोही रिक्त पदमा अहिले बढुवा प्रक्रिया अघि बढाइएको हो ।
हाल महाशाखाले आवेदनहरूको प्रारम्भिक जाँच र रुजु प्रक्रिया सुरु गरेको छ ।
प्रशासन महाशाखाका अनुसार आवेदन फारम, कार्यसम्पादन मूल्यांकन (कासमु) तथा अन्य आवश्यक कागजातहरूको परीक्षण गरी नम्बर गणना गर्ने काम भइरहेको छ ।
गत असार मसान्तसम्म पाँच वर्ष सेवा अवधि पूरा गरेका एघारौँ तहका कर्मचारीमात्र बढुवाका लागि योग्य हुनेछन् ।
प्रतिक्रिया 4