+

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

२०८२ पुष  २० गते १८:१० २०८२ पुष २० गते १८:१०
अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको निर्वाचन अहिलेकै अवस्थामा नगर्न अन्तरिम आदेश जारी गरेको छ।

२०, काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचन अहिलेकै अवस्थामा नगर्न अदालतले अन्तरिम आदेश दिएको छ । निर्वाचनमा उम्मेदवार बनेका डा.अजयकुमार मिश्रसहितले दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालत पाटनले निर्वाचन नगर्न आदेश दिएको हो ।

आइतबार न्यायाधीश ऋषिराम निरौला र दिपक खनालको संयुक्त इजलाशले यो आदेश जारी गरेको हो ।

टिम रिफर्मबाट उपाध्यक्षका उम्मेदवार रहेका डा.मिश्रासहितको उम्मेदवारी निर्वाचन समितिले खारेज गरिदिएको थियो । यसविरुद्ध उनीहरु अदालत गएका थिए ।

नेपाल चिकित्सक संघसहितलाई विपक्षी बनाई दायर गरिएको रिटमा अदालतले निवेदक निर्वाचन प्रक्रियामा सहभागी हुन नदिनेगरी अहिले भइरहेको निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिएको छ । उच्च अदालत नियमावी २०७३ को नियम ४२ बमोजमि आदेश गरेको अदालतले जनाएको छ ।

चिकित्सक संघको निर्वाचन काठमाडौं उपत्यकाबाहिर माघ २ र ३ गते र काठमाडौै उपत्यकामा १५,१६ र १७ गतेका लागि तोकिएको छ ।

चिकित्सक संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय