News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दिपक कुमार साह निर्वाचित भएका छन्।
२० पुस, काठमाडौं । नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दिपक कुमार साह निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न १८औँ महाधिवेशनमा साह अध्यक्षमा चयन भएका हुन् ।
महाधिवेशनमा निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिएको थियो ।
यसैगरी, उपाध्यक्षमा राजु कैती, सचिवमा अभिनास झा, कोषाध्यक्षमा अमित कुमार सिंह तथा सहसचिवमा जनक पौडल निर्वाचित भएका छन् । सदस्यमा स्नेहा साह, सुदर्शन खनाल, अरविन्द यादव, रुपेश पौडेल, मनिष दहाल, जय सुन्दर सुनरैत, रोमान्स चौधरी र सुरेन्द्र प्रसाद साह विजयी भएका छन् ।
महाधिवेशनमा सहभागी सदस्य तथा प्रतिनिधिहरूले संघको पेशागत सुदृढीकरण, शिक्षा तथा नीतिगत विकासका एजेन्डालाई अघि बढाउने अपेक्षा व्यक्त गरेका छन् । नव–निर्वाचित नेतृत्वले आगामी कार्यकालमा दृष्टि स्वास्थ्य सेवा, पेशागत मान्यता, संरचनागत विकास तथा नीतिगत सुधारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया 4