+
+
Shares

स्टिम शैक्षिक दृष्टिकोण भनेको के हो ?

यो विधिको सिका‍इले विद्यार्थीहरूलाई सिर्जनात्मक प्रक्रियासँग परिचित गराउन मद्दत गर्दछ ।

पूजा खड्का पूजा खड्का
२०८२ पुष २२ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्टिम शिक्षा पाँच विषय साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट र म्याथको संयोजनबाट बन्ने शैक्षिक दृष्टिकोण हो।

स्टिम भनेको अङ्ग्रेजी अक्षरका एस, टी, ई, ए र एम बाट बनेको शब्द हो । ‍ माथि दिइएका यी प्रत्येक अक्षरको समायोजन बाट नै स्टिम शैक्षिक दृष्टिकोण पूरा हुन्छ । स्टिम भनेको पाँच विषयहरूको संयोजन हो । यसमा प्रकृतिका नियमहरू बुझ्ने, उपकरण र प्रविधिको प्रयोग गर्ने, समस्या समाधानका लागि संरचना/डिजाइन बनाउने, सिर्जनशीलता र कल्पनाशक्ति प्रयोग गर्ने, गणना, मापन र तर्क प्रयोग गर्ने जस्ता गतिविधि समेटिएका हुन्छन् ।

स्टिम शिक्षा किन आवश्यक छ ?

स्टिम शिक्षाले विद्यार्थीहरूलाई केवल किताब पढ्ने मात्र होइन सोच्न, गर्न, सिर्जना गर्न र समस्या समाधान गर्न सिकाउँछ।

स्टिम विषय हो कि तरिका ?

स्टिम नितान्त पढाउने तरिका हो, जहाँ विभिन्न विषयहरूलाई एकसाथ जोडेर शिक्षण सिकाइ क्रियाकलाप गरिन्छ । शिक्षक-शिक्षिकाहरूका मार्गदर्शन नोटमार्फत स्टिम दृष्टिकोणका उद्देश्य पूरा गर्नुपर्ने हुन्छ । जसमा विद्यार्थीमा समालोचात्मक सोच विकास गर्नु, वास्तविक जीवनका समस्यासँग सिकाइलाई जोड्नु, टोलीमा काम गर्ने र संप्रेषण सीप बढाउनु, सिर्जनशीलता र नवप्रवर्तन गर्नु जस्ता कार्य पर्दछन् ।

कक्षामा स्टिम शिक्षा कसरी लागू गर्ने ?

कक्षामा स्टिम शिक्षा लागू गर्ने मुख्य तरिका परियोजना-आधारित सिकाइ प्रयोग गर्नु नै हो।वास्तविक समस्या प्रस्तुत गरी समाधान खोज्न लगाउने।प्रयोग,डिजाइन,चित्रकला,
गणना र प्रस्तुति एकै गतिविधिमा समावेश गर्ने।विद्यार्थीहरूलाई प्रश्न सोध्न र आफ्ना विचार प्रस्तुत गर्न प्रोत्साहन गर्ने।उदाहरण र प्रत्यक्ष परियोजना-आधारित क्रियाकलाप गराइ स्टिम शब्दका भाव झल्किने गतिविधि गराउने।

स्टिम शिक्षाका फाइदाहरू

स्टिम शिक्षाका प्रमुख लाभहरू, व्यवहारिक र जीवनोपयोगी सिकाइमा गुणात्मक फड्को मार्न मद्दत गर्छ । आत्मविश्वास र नेतृत्व विकासमा, भविष्यका सीपहरू विकास गर्न टेवा पुर्याउँछ ।

स्टिम शिक्षामा प्रत्येक शब्दका भूमिका:

माथि उल्लेख भइसकेको अङ्ग्रेजी अक्षर एस, टी, ई, ए र एमको समायोजनबाट निर्माण भएको स्टिम शब्दले समग्र तथा बहुविषयगत सिकाइलाई प्रवर्द्धन गर्दछ । आउनुहोस् यी पाँचवटै शब्दका बारेमा चर्चा गरौं ।

एस : साइन्स

स्टिम शब्दको पहिलो अक्षर एसले भनेको साइन्स अर्थात विज्ञानलाई जनाउँदा । स्टिम शिक्षामा विज्ञानलाई जोड्न अवलोकन, अन्वेषण, अनुसन्धान तथा प्रयोगमार्फत प्राकृतिक संसारको अध्ययन अध्यापन गराउनुपर्ने हुन्छ । यसबाट विद्यार्थी वर्गमा जिज्ञासा, उत्सुकता, अवलोकन, विश्लेषण तथा प्रमाणमा आधारित तर्क निर्माण गर्न सक्ने सीपहरू विकास गराउन सकिन्छ ।

टी : टेक्नोलोजी

दोस्रो अक्षर टीले टेक्नोलोजी अर्थात प्रविधिलाई जनाउँछ । प्रविधिलाई शिक्षामा जोड्न, समस्या समाधान गर्न वा कार्य सप्पन्न गर्न उपकरण, मेसिन तथा डिजिटल प्लेटफर्महरूको प्रयोग गर्न उत्प्रेरित गर्न सकिन्छ । डिजिटल साक्षरता तथा प्राविधिक उपकरण प्रयोग गरी समस्या समाधान गर्नसक्ने सीपहरू विकास गर्न/गराउन सकिन्छ ।

इ : इन्जिनियरिङ

स्टिम शब्दको तेस्रो अक्षर इ अर्थात इन्जिनियरिङलाई स्टिम शिक्षामा जोड्न वास्तविक जगतका समस्याहरूलाई सम्बोधन गर्न समाधानहरू डिजाइन गर्ने, निर्माण गर्ने र सहजिकरण गर्नेमा केन्द्रित गराउन सकिन्छ । संरचनात्मक र तार्किक सोच, डिजाइन र प्रोटोटाइपिङ, सहकार्य, टिमवर्क, परीक्षण र पुनरावृत्ति विकासमा मद्दत पुग्छ ।

ए : आर्ट

यसमा एको अर्थ आर्ट अर्थात कला हो । कलालाई स्टिम शिक्षामा जोड्न सिर्जनशीलता, डिजाइन, नवप्रवर्तनका सौन्दर्य पक्षहरूमा केन्द्रित सिर्जनशील भावनात्मक सोच, कल्पनाशीलता, दृश्य र मौखिक संचार, कथावाचन, भावनात्मक अभिव्यक्ति र व्याख्या गर्न सक्ने कौशलको विकास हुन्छ।

एम : म्याथ

अन्तिम अक्षर एम भन्नुको ताप्पर्य म्याथ अर्थात गणित हो । गणिलाई स्टिम शिक्षामा जोड्न संख्या, ढाँचा, तार्किक संरचनाहरूको अध्ययन, विज्ञान र प्रविधिका भाषा प्रदान गर्ने, समस्या समाधान, विश्लेषणात्मक सोच र निर्णय लिने कौशलहरू विकास हुन्छ।

यो विधिले विद्यार्थीहरूलाई सिर्जनात्मक प्रक्रियासँग परिचित गराउन मद्दत गर्दछ ।अर्थपूर्ण सहकार्यलाई प्रोत्साहन दिन्छ जसले आलोचनात्मक सोचलाई बढाउँछ । समस्यालाई नयाँ र अद्वितीय तरिकाले समाधान गर्न सिकाउँछ । व्यवहारिक सिकाइ अनुभव प्रदान गर्दछ जसले गर्दा सहकार्यमा आधारित सिकाइमा जोड दिन्छ ।

(लेखक पूजा खड्का, गोरखा मोडेल सेकेन्डरी स्कुल, लमही-६ दाङमा कार्यरत शिक्षिका हुन् )

लेखक
पूजा खड्का

पूजा खड्का, गोरखा मोडेल सेकेन्डरी स्कुल, लमही-६ दाङमा कार्यरत शिक्षिका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?