+
+
Shares

एमआईटी कलेजको आयोजनामा माघ ६ गते कृष्णले गिनिज वर्ल्ड रेकर्ड प्रयास गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्व गिनिज वल्र्ड रेकर्डधारी कृष्ण पाण्डेयले माघ ६ गते काठमाडौंको मोडेल सेकेन्डरी स्कूलमा नयाँ गिनिज वर्ल्ड रेकर्ड प्रयास गर्ने भएका छन्।
  • एमआईटी कलेज र केएमएसएसको सहकार्यमा 'फास्टेस्ट टाइम टु स्पेल ५० वल्र्ड ब्याकवार्डस्' शीर्षकमा रेकर्ड प्रयास गरिनेछ।
  • कार्यक्रममा स्वतन्त्र साक्षी, आधिकारिक समयमापक र व्यावसायिक फोटोग्राफीको व्यवस्था गरिनेछ र प्रमाण सामग्री गिनिज वर्ल्ड रेकर्डलाई पेश गरिनेछ।

२२ पुस, काठमाडौं । बागबजारस्थित मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) कलेजको आयोजनामा पूर्व गिनिज वल्र्ड रेकर्डधारी कृष्ण पाण्डेयले माघ ६ गते गिनिज वर्ल्ड रेकर्ड प्रयास गर्ने भएका छन् ।

काठमाडौं मोडेल सेकेन्डरी स्कूल (केएमएसएस) बागबजारमा आधिकारिक गिनिज वल्र्ड रेकर्ड प्रयास सम्पन्न हुने भएको हो । ‘फास्टेस्ट टाइम टु स्पेल ५० वल्र्ड ब्याकवार्डस्’ शीर्षकको यस रेकर्ड प्रयास गिनिज वल्र्ड रेकड्र्सका कडा नियम, मापदण्ड तथा प्रमाणीकरण प्रक्रियाअनुसार सञ्चालन गरिनेछ ।

कार्यक्रम एमआईटी कलेजको आयोजनामा केएमएसएसको सहकार्यमा हुँदैछ । बेस्ट वेस्टर्न प्लसले हस्पिट्यालिटी पार्टनरका रूपमा सहयोग गर्नेछ ।

एमआईटीका सह–संस्थापक आरके दाहालका अनुसार रेकर्ड प्रयास पूर्ण रूपमा नियन्त्रित तथा ध्यानभंगरहित वातावरणमा सम्पन्न गरिनेछ । ‘कार्यक्रममा स्वतन्त्र साक्षी, आधिकारिक समयमापक, व्यावसायिक फोटोग्राफी तथा भिडियो डकुमेन्टेसनको व्यवस्था गरिनेछ र सम्पूर्ण प्रमाण सामग्री कार्यक्रमपश्चान् गिनिज वर्ल्ड रेकर्ड आधिकारिक प्रमाणीकरणका लागि पेश गरिनेछ’ उनले भने ।

अन्तर्राष्ट्रिय अमेरिकी विश्वविद्यालयसँग आबद्ध एमआईटी कलेजले विश्वस्तरीय मापदण्डअनुसार आईटी तथा व्यवस्थापन कार्यक्रमहरू प्रदान गर्दै कक्षाकोठाभन्दा बाहिरको अनुभवात्मक तथा व्यवहारिक शिक्षालाई सक्रिय रूपमा प्रवद्र्धन गर्दै आएको छ । यस्ता अन्तर्राष्ट्रिय स्तरका पहलहरू आयोजना तथा समर्थन गर्दै एमआईटीले विद्यार्थीहरूमा उपलब्धी, विश्वव्यापी पहुँच र नेतृत्व क्षमताको संस्कृति विकास गर्ने, साथै नेपाली उदाउँदा प्रतिभाहरूलाई आत्मविश्वासका साथ विश्वमञ्चमा स्थापित गर्ने लक्ष्य लिएको छ ।

रेकर्ड प्रयासबारे आफ्नो धारणा राख्दै कृष्ण पाण्डेयले भने, ‘न्युयोर्कमा गिनिज वल्र्ड रेकर्ड हासिल गरेको अविस्मरणीय अनुभवपछि नेपालमै पुनः रेकर्ड प्रयास गर्न पाउनु मेरो लागि विशेष सम्मान र राष्ट्रिय गौरवको विषय हो ।’ यो प्रयास अर्को रेकर्ड थप्ने विषय मात्र नभई नेपाली प्रतिभाको क्षमता विश्वस्तरमा प्रमाणित गर्दै युवाहरूलाई प्रेरित गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

कार्यक्रमको सफल, पारदर्शी तथा विश्वसनीय कार्यान्वयन सुनिश्चित गर्न हालै सबै सरोकारवालाबीच औपचारिक कार्यक्रम सम्झौता सम्पन्न भइसकेको छ, जसमा भूमिका, जिम्मेवारी, व्यवस्थापन, मिडिया समन्वय तथा गिनिज मापदण्डको पूर्ण पालना सम्बन्धी प्रावधानहरू समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?