+
+
Shares

राष्ट्रिय सभा चुनाव : गठबन्धन र उम्मेदवारबारे आन्तरिक छलफलमा नेकपा

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले यो विषयमा परामर्श बैठक बोलाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १३:५०

२२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभा चुनावमा अन्य दलसँग गर्ने तालमेल र उम्मेदवारबारे आन्तरिक छलफलमा जुटेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले यो विषयमा परामर्श बैठक बोलाएका हुन् ।

बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल चलिरहेको छ । बैठकमा नेपाली कम्युनिस्ट पार्टीसँगको एकतामा सहभागी घटकका नेताहरूको सहभागिता छ ।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । रिक्त स्थानमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत छन् । बाँकी १८ पदका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ । उम्मेदवारको मनोनयन दर्ता भने भोलि हुँदैछ ।

चुनावमा प्रमुख दलबीच भागवण्डाको प्रयास भइराखेको छ । यही बेला नेपाली कम्युनिस्ट पार्टी आन्तरिक छलफलमा जुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?