+
+
Shares

नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते ११:५७

काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा नेपाली कम्युनिस्ट पार्टीबाट पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने भएका छन् । प्रचण्डको सट्टा वर्षमान पुनले सम्बोधन गर्ने सो पार्टीले जनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका कार्यालय सचिव गोविन्द आचार्यले आजको संसद बैठकमा नेता वर्षमान पुनले सम्बोधन गर्ने जानकारी दिएका हुन् ।

२१ फागुनको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरुसहित संघीय संसदको अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशन दिउँसो २ बजे सुरु हुनेछ । विगतको प्रचलन अनुसार दलका शीर्ष नेताहरुले अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्नेछन् ।

 प्रतिनिधिसभाको बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने छन् । एमालेका रामबहादुर थापा बादलले, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ र राप्रपाका ज्ञानेन्द्र शाहीले सम्बोधन गर्दैछन् ।

शुभकामना मन्तव्यका लागि दलहरूको सांसद् संख्याको आधारमा समय विभाजन गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?