+
+
Shares

नेकपासँग २ बुँदे सहमति गरेर विष्टले तोडे अनसन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते ११:२०

७ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीसँग दुई बुँदे सहमति भएपछि भुवन विष्टले अनसन तोडेका छन् ।

विष्ट यही वैशाख ४ गतेदेखि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अनसन बसेका थिए । उनले पार्टी कमिटीहरूमा ६० प्रतिशत युवा सहभागिता हुनुपर्ने लगायतका माग राखेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय सचिव गणेशमान पुन र विष्टले हस्ताक्षर गरेको सहमति पत्रमा ‘पार्टी समितिमा ६० प्रतिशत युवा सहभागिता लगायतका मागहरूको सन्दर्भमा, निश्चित कार्यविधि निर्माण गरी आगामी महाधिवेशनमा ठोस गर्ने’ उल्लेख छ ।

दोस्रो बुँदामा अनसनरत विष्टले अनसन अन्त्य गर्ने विषय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?