+
+
Shares

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको उम्मेदवार चयनमा केन्द्रित हुँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार चयनमा केन्द्रीत हुँदैछ । यसका लागि रास्वपाले आज सचिवालय बैठक समेत राखेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार चयनमा केन्द्रित सचिवालय बैठक आज दिउँसो २ बजे बस्नेछ।
  • सचिवालय बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति तय गर्ने र उम्मेदवार सिफारिस उपसमिति विस्तार गर्ने विषय छलफल गरिनेछ।
  • समानुपातिक तर्फको उम्मेदवार परिचालन कार्यविधि र निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि विषयमा पनि बैठकमा छलफल गरिने पार्टी प्रवक्ता मनिष झाकाले बताए।

२२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार चयनमा केन्द्रीत हुँदैछ । यसका लागि रास्वपाले आज सचिवालय बैठक समेत राखेको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार रास्वपाको सचिवालय बैठक दिउँसो २ बजे बस्दैछ । उक्त बैठकमा छलफलका १० वटा कार्यसूची छन् ।

कार्यसूचीको पहिलो नम्बरमै ‘प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति’ तय गर्ने विषय छ । साथै, उम्मेदवार सिफारिस उपसमिति विस्तार गर्ने लगायतका कार्यसूची रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय आगामी माघ ६ गतेका लागि तय भएको छ । समानुपातिक तर्फको बन्दसूची दलहरूले निर्वाचन आयोगमा बुझाइसकेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् ।

समानुपातिक तर्फको बन्दसूचीउपर त्रुटि सच्याउने समय छ । दलहरूले यही पुस २१ देखि २७ गतेसम्म त्रुटि सच्याउने समय पाएका छन् । उम्मेदवारी फिर्ता लिन चाहनेलाई पुस २८ गतेको समय छ ।

रास्वपाले समानुपातिक तर्फको उम्मेदवारको परिचालनको विषयमा समेत सचिवलय बैठकमा छलफल गर्दैछ । पार्टीका प्रवक्ता झाका अनुसार आज बस्ने सचिवालय बैठकमा ‘समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि र निर्वाचन स्रोत व्यवस्थापन कार्यविधिको विषयमा छलफल गर्ने कार्युसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?