News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व र थरुहट/थारुवान अभियन्ताबीच बृहत राजनीतिक समायोजन सहमति भएको छ।
- समायोजनमा ९ बुँदे सहमति भएको छ जसमा सामाजिक न्याय र आर्थिक सामाजिक उन्नयनका लागि गहिरा सुधार गर्ने कुरा समावेश छ।
- दलको नाम रास्वपा नै रहने र थारु बहुल क्षेत्रलाई 'विशेष क्षेत्र' घोषणा गर्न कानुनी प्रक्रिया सुरु गर्ने सहमति भएको छ।
२१ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) र नागरकि उन्मुक्ति पार्टीका पूर्व नेतृत्वका साथै थरुहट/थारुवान अभियन्ताहरूबीच बृहत राजनीतिक समायोजन सहमति भएको छ । आज काठमाडौंको राष्ट्रिय सभागृहमा भएको सभामा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, थरुहट/थारुवान अभियन्ता लक्ष्मण थारु, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र थरुहट/थारुवान अभियन्ता सुरेन्द्र चौधरीले समायोजन पत्रमा हस्ताक्षर गरेका छन् ।
उनीहरूबीच ९ बुँदे सहमति भएको छ । बुँदाको पहिलो नम्बरमा जेनजी आन्दोलनको अपनत्व लिँदै समुन्नत र सामाजिक न्यायका लागि राष्ट्रि उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवम् संरचनागत सुधारहरूमार्फत आर्थिक सामाजिक उन्नयनका लागि इमान्दार भएर समर्पित हुने भनिएको छ ।
त्यस्तै दोस्रो बुँदामा दलको नाम रास्वपा नै रहने र चुनाव चिह्न, झन्डा सबै रास्वपाकै रहने भनिएको छ । त्यस्तै भौगोलिक विविधतायुक्त विशेषतालाई बत्मसात गर्दै थारुहरूको धार्मिक-सांस्कृति प्रणालीको लसंरक्षण र प्रवर्द्धन गर्न संविधानको मर्मअनुसार थारु बहुल क्षेत्रलाई थारु संरक्षित ‘विशेष क्षेत्र’ घोषणा गर्न कानुनी र संवैधानिक प्रक्रिया सुरु गर्ने समझदारी पनि भएको छ ।


प्रतिक्रिया 4