+
+
Shares

आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते ७:३९

२१ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ ।

नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो ।

घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । उनीहरु आज रास्वपामा समाजोजन हुनेछन् ।

रञ्जिता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि असन्तुष्ट नेता-कार्यकर्ताले रास्वपा रोजेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?