+
+
Shares

रास्वपामा गएन जेनजी फ्रन्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते २१:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदन गुरुङ समूह रास्वपामा प्रवेश गर्दा रक्षा बम नेतृत्वको जेनजी फ्रन्ट भने बाहिरै रहेको छ।
  • जेनजी र सरकारबीच भएको १० बुँदे सम्झौतालाई रास्वपाले अपनत्व दिनुपर्ने र आन्दोलनलाई स्पष्ट दृष्टिकोणले हेर्नुपर्ने बताएको छ।
  • जेनजी फ्रन्टका अगुवाहरूले भने, \'जेनजी फ्रन्ट आफैंमा एउटा आन्दोलन हो र सधैं सडकमा रहन्छ।\'

२० पुस, काठमाडौं । सुदन गुरुङ समूहको द काउन्सिल अफ जेनजी राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिँदा रक्षा बम नेतृत्वको जेनजी फ्रन्ट भने बाहिरै रहेको छ ।

काउन्सिलमा आवद्य जेनजी अगुवा शिव यादव, खेमराज साउद, जेम्स कार्कीलगायत आइतबार केन्द्रिय सदस्य बनेर रास्वपामा जोडिएका छन् । उनीहरू बालेन शाहको समूहबाट रास्वपामा प्रवेश गरेका हुन् ।

रास्वपा नेतृत्वसँग छलफलमै रहेकाले अहिलेसम्म प्रवेश नगरेको जेनजी फ्रन्टका अगुवाहरूको भनाइ छ । फ्रन्टका एक नेताले औपचारिक रूपमा फ्रन्टबाट अहिलेसम्म कोही प्रवेश नगरे पनि व्यक्तिगत रूपमा कोही जान सक्ने बताए ।

आइतबार रास्वपाले केन्द्रीय समिति विस्तार गर्दा प्रदीप ज्ञवाली पनि केन्द्रीय सदस्य बनेका छन् । फ्रन्टमा रहेका उनको प्रवेशलाई फ्रन्टका अगुवाहरूले स्वेच्छिक भनेका छन ।

‘हाम्रोबाट केही साथीहरू जानुभएको छ भने उहाँहरूलाई शुभकामना भन्छौं । अहिलेको लागि हामी जो बाँकी छौं, अझै छलफलकै क्रममा छौं । छलफलको लागि खुल्ला छौं,’ फ्रन्टका एक नेताले भने ।

ती नेताका अनुसार जेनजी फ्रन्ट आफैं नै रास्वपामा जाने भन्ने कुरा हुँदैन । बरु यसबाट इच्छा भएका अगुवाहरू सो पार्टीमा जोडिने विषयमा कुरा भएको हो । यसको लागि छलफलको बाटो जेनजी फ्रन्टले खुल्ला राखेको छ ।

रास्वपाले पनि जेनजी र सरकारबीच भएको १० बुँदे सम्झौतालाई अपनत्व लिनुपर्ने र जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा स्पष्ट पार्नुपर्ने उनले बताए । ‘आन्दोलनलाई पार्टीले कसरी लिन्छ भन्ने कुरा हाम्रो लागि महत्वपूर्ण हो । त्यसमा क्लियर पिक्चर आएपछि हाम्रा साथीहरू फ्रन्टबाटै जोडिने नजोडिने टुंगो हुन्छ,’ उनले भने ।

ती नेताका अनुसार वार्ता सकारात्मक भई जेनजी फ्रन्टका अगुवा रास्वपामा जोडिए पनि जेनजी फ्रन्ट भने सडकमै रहने छ ।

‘जेनजी फ्रन्ट आफैंमा एउटा आन्दोलन हो । यो सधैं सडकमा रहन्छ । संवाद सकारात्मक भएमा यसबाट कोही दलीय राजनीतिमा लाग्नुहुन्छ, कोही सडकमै रहनुहुन्छ,’ ती नेताले  भने, ‘जेहोस्, जेनजी मुभमेन्टमा लागेका साथीहरूको प्रतिनिधित्व सबैतिर हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।’

यसअघि रक्षा बम नेतृत्वको जेनजी फ्रन्टसँग बालेनले पटकपटक छलफल गरेका थिए । उनीहरू रास्वपा जाँदा बालेन पक्षबाट प्रवेश गर्ने योजना बनेको थियो । तर, आइतबार बालेन पक्षका केन्द्रीय सदस्यहरू थपिँदा जेनजी फ्रन्टका समेटिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?