+
+
Shares

सवा ७ बजे बस्दैछ रास्वपा केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले साँझ सवा ७ बजे बस्दै छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १९:११

२० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले साँझ सवा ७ बजे बस्दै छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । आजको बैठकले समायोजन भएर आएका पार्टीलाई दिने विभिन्न पदको विषयमा निर्णय गर्न सक्नेछ ।

बैठकको कार्यसूची मै पार्टी समायोजन, विस्तार एवम् सुदृढीकरण र विविध राखिएको झाको भनाइ छ ।

आजको बैठकमा उज्यालो नेपाल पार्टी र बालेन्द्र शाहको पार्टीबीच समायोजनपछिको पदीय भागबन्डालाई अन्तिम टुंगो दिने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?