+
+
Shares
प्रतिनिधिसभा निर्वाचन :

उम्मेदवार छनोटका लागि रास्वपाले बनायो स्वर्णिमको नेतृत्वमा उपसमिति

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १६:२७

२० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटका लागि उपसमिति गठन गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने निर्णय भएको उनले बताए ।

उपसमितिको सदस्यहरू भने पार्टी सचिवालयले मनोनयन गर्नेछ । उपसमितिमा संयोजकसहित ७ जना सदस्य रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?