+
+
Shares

समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत

मनोनयन भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा, रञ्जु दर्शना रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १५:५३

१० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा ७ जना नयाँ सदस्यहरूलाई मनोनयन गरेको छ ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

मनोनयन भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा, रञ्जु दर्शना रहेका छन् ।

उनीहरू विवेकशील साझा पार्टी छाडेर गत मंसिर १४ गते रास्वपा प्रवेश गरेका थिए ।

बास्कोटा विवेकशील साझा पार्टीको अध्यक्ष थिइन् भने दर्शना महासचिव थिइन् । उनीहरू निशर्त रास्वपामा प्रवेश गरेका थिए ।

१३ वर्षअघि अभियानबाट सुरु भई दल बनेको विवेकशील साझा र ४० महिना अघि जन्मिएको रास्वपाबीच एकता भएको थियो ।

२०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो ।

२०७० सालमा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा सुरु गरेको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?