+
+
Shares

जेलबाट फर्किएपछि पहिलोपटक सचिवालय बैठकमा रवि लामिछाने

पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक रहेको प्रवक्ता झाको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १४:३३

२० पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ।

पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक रहेको झाको भनाइ छ ।

लामिछाने पुस ४ गते रिहा भएका हुन् । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने कारगारबाट छुटेका हुन् ।

उनलाई सुरुमा रुपन्देही कारागारमा राखिएको थियो । तर, उनी आफैँले जेल सरुवा मागेपछि ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको थियो ।

बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?