२० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी एकता एवं समायोजनलाई निष्कर्षमा पुर्याउनका लागि उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले उपसमिति बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार, यो समितिको संयोजकमा महामन्त्री कविन्द्र बुर्लाकोटी रहनेछन् ।
उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय भएको पनि झाले बताए ।
त्यस्तै, रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उम्मेदवार छनोट उपसमिति पनि बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4