नाइजेरियाको एक गाउँमा बन्दुकधारीहरूले हमला गरेका छन् ।
नाइजरिया प्रहरीका अनुसार नाइजर राज्यको एक गाउँमा बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको र अन्य धेरै जनालाई अपहरण गरिएको छ।
प्रहरी अधिकारीहरूले भनेका छन्- हतियारधारीहरू जंगलबाट निस्केर स्थानीय बजारमा आगो लगाउनुका साथै पसलहरूमा लुटपाट मच्चाएका थिए । अपहरणमा परेकाहरूलाई उद्धार गर्न सुरक्षा कारबाही भइरहेको छ ।
गत वर्ष नोभेम्बरमा, यहाँको एक क्याथोलिक स्कुलबाट २०० भन्दा बढी बालबालिका र कर्मचारीहरूलाई अपहरण गरिएको थियो । डिसेम्बरमा सुरक्षा अधिकारीहरूले उनीहरूलाई उद्धार गरेका थिए।
नाइजेरियामा हालै सामूहिक अपहरणका घटनाहरू भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4