News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताहरूले देशलाई ३४ वर्षसम्म हरिकंगाल बनाएको आरोप लगाएका छन्।
- लामिछानेले थरुहट/थारुवान आन्दोलनका नेताहरू रास्वपामा समायोजन भएको सभालाई सम्बोधन गर्दै अब देश बदल्नुपर्ने बताए।
- उनले भने, 'अहिलेको अवसरलाई पनि हामीले गुमायौँ इतिहासले माफी दिँदैन' र सँगै मिलेर देशलाई निकास दिनुपर्ने जोड दिए।
२१ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताहरूले आफूहरूले गरेको कामको फेहरिस्त सुनाउने गरेकोप्रति आपत्ति जनाएका छन् ।
थरुहट/थारुवान आन्दोलनका नेताहरू रास्वपामा समायोजन भएको सभालाई सम्बोधन गर्दै लामिछानेले पुराना दलले देशलाई हरिकंगाल बनाएको आरोप लगाएका हुन् ।
‘३४-३४ वर्षसम्म देशलाई हरिकंगाल बनाएकाहरूको के बयान गर्नु ? अब हामी बदल्नुपर्छ । यात्राको क्रममा कोही छुट्ला भन्ने ध्यान नदिऔं । सगैँ मिलेर, लडेर देशलाई निकास दिने हो,’ उनले भने, ‘अहिलेको अवसरलाई पनि हामीले गुमायौँ इतिहासले माफी दिँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4