+
+
Shares

अमेरिकी अदालतमा मादुरो- मलाई अपहरण गरियो, म अहिले पनि राष्ट्रपति हुँ

मेडलिन हेलपर्ट मेडलिन हेलपर्ट
२०८२ पुष २२ गते १२:०८

२२ पुस, काठमाडौं । अमेरिकाको न्युयोर्क सिटीमा अवस्थित एक अदालतको ढोकाबाट भेनेजुएलाका नेता निकोलस मादुरो प्रवेश हुनभन्दा ठीक अघि उनको खुट्टामा बाँधिएको साङ्लोको आवाज सुनिँदै थियो ।

अदालतमा कदम राख्दै गर्दा मादुरोले पत्रकार र आममानिसहरूले भरिएको ग्यालरीतर्फ हेर्दै भने उनलाई ‘अपहरण’ गरिएको छ । उनी आएको केही मिनेटमै न्यायाधीश एल्विन हेलरस्टिनले अदालती कारबही सुरू गर्नका लागि मादुरोलाई आफ्नो परिचय पुष्टि गर्न भने ।

मादुरोले शान्त स्वरमा स्पेनिशमा जवाब दिए । जसको अनुवाद अदालतमा गरियो । ‘म निकोलस मादुरो हुँ । म भेनेजुएला गणराज्यको राष्ट्रपति हुँ र ३ जनवरीदेखि यहाँ अपहरण गरेर राखिएको छु । मलाई भेनेजुएलाको कराकासमा रहेको मेरो घरबाट पक्राउ गरिएको हो ।’

न्याधीशले तत्काल बीचमै रोक्दै उनलाई निर्दोष साबित हुनका लागि ‘समय र स्थान’ तय गरिने बताए ।

सोमवार दिउँसो न्युयोर्कको एक अदालतमा भएको ४० मिनेटको यो नाटकीय पेशीका दौरान मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसले ड्रग्स र हतियारसँग जोडिएको आरोपहरूमा आफूलाई निर्दोष बताए ।

मादुरोले भने, ‘म निर्दोष छु । म एक सभ्य मानिस हुँ ।’ उनकी पत्नी फ्लोरेसले पनि आफू ‘पूर्ण रूपमा निर्दोष’ भएको जिकिर गरिन् । ६३ वर्षीय मादुरो र उनकी पत्नीलाई शनिबार भेनेजुएलामा अमेरिकी सुरक्षाकर्मीले गिरफ्तार गरेका थिए ।

यो एक अचानक रातारात चलाइएको अभियान थियो । जसमा केही सैन्य ठेगानाहरूमा आक्रमण पनि गरिएको थियो । गिरफ्तारीपछि दुवैलाई न्युयोर्कको एक कारागारमा ल्याइएको थियो ।

सुनवाइका दौरान दुवैले निले र सुन्तला रंगको ‘जेल शर्ट’ र खैरो रंगको पाइन्ट पहिरिएका थिए । उनीहरूले स्पेनिश अनुवाद सुन्नका लागि हेडफोन लगाएका थिए ।

मादुरो पँहेलो रंगको लिगल प्याडमा अत्यन्तै ध्यानपूर्वा नोट्स लिँदै गरेका देखिए । उनले न्यायाधीशसँग उक्त प्याड आफूसँग राख्न पाउने–नपाउने विषयमा पनि जिज्ञासा राखे ।

जब मादुरो कोर्ट रूममा प्रवेश भए, उनले पछाडि फर्किएर दर्शक दीर्घामा रहेका केही मानिसहरूलाई टाउको हल्लाएर अभिवादन गरे ।

मादुरोले अदालतमा के भने ?

पूरै अदालती कारबाहीका दौरान उनका अनुहार शान्त र भावहीन थियो । अन्तिममा दर्शक दीर्घामा रहेका एक व्यक्तिले अचानक चिच्याएर ‘मादुरो तपाईं आफ्नो अपराधको मूल्य चुकाउनुहुने छ’ भन्दा पनि उनको स्वाभावमा कुनै परिवर्तन देखिएन ।

मादुरोले स्पेनिश भाषमा ती व्यक्तिलाई जवाफ दिए, ‘म एउटा अपहरण गरिएको राष्ट्रपति र युद्धबन्दी हुँ ।’

पछि त्यो व्यक्तिलाई कोर्ट रूमबाट बाहिर निकालियो । अदालतमा मौजुद अन्य मानिसहरूका लागि यो कारबाही भावनात्मक रह्यो ।

मादुरोको कार्यकाल ‘कभर’ गरिसकेककी भेनेजुएलाकी पत्रकार मेबोर्ट पेटिटले मादुरोको गिरफ्तारीका दौरान भएको अमेरिकी मिसाइल आक्रमणका कारण राजधानी कराकासको फुएर्ते तिउना क्षेत्र नजिकै उनको पारिवारिक घर क्षतिग्रस्त भएको बताइन् ।

आफ्ना पूर्वनेतालाई अमेरिकी मार्शलको निगरानीमा जेलको पोशाकमा अदालतमा ल्याइएको हेर्नु अनौठो अनुभव भएको पनि बताइन् ।

मादुरोकी पत्नी फ्लोरेस अत्यन्तै शान्त देखिइन् । उनको आँखा र निधार नजिकै घाउको निशान पनि देखियो । फ्लोरेसका वकिलहरूले अमेरिकी कारबाहीका दौरान चोट लागेको बताए ।

फ्लोरेसले कपाल जुडो बनाएर बाँधेकी थिइन् । उनी मधुरो स्वरमा वकिलहरूसँग कुरा गरिरहेकी थिइन् । वकिलहरूले अदालतमा फ्लोरेसलाई उचित चिकित्सा सुविधा उपलब्ध गराउन माग गरे ।

अमेरिकाले मादुरोविरूद्ध नार्को-आतंकवादको षडयन्त्र, कोकिन आयातको षडयन्त्र, मेसिन गन र विनाशकारी उपकरण राखेको आरोप लगाएको छ । मादुरोका साथ उनकी पत्नी, छोरा र कयौं अन्य नागरिकमाथि पनि आरोप लगाइएको छ । यो मामिलाको अर्को सुनवाइ १७ मार्च हुने भएको छ ।

– बीबीसी हिन्दीबाट अनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?