+
+
Shares

रुकुमपूर्वमा सानी भेरी नदीमा डुबेर युवकको मृत्यु

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८२ पुष २२ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेस्थित सानी भेरी नदीमा माछा मार्न थापेको पासो तान्ने क्रममा २० वर्षीय लक्ष्मण नाथको मृत्यु भएको छ।
  • जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी लालबहादुर विकका अनुसार नाथको शव नदी किनारको ढुङ्गाको कोचमा मृत अवस्थामा फेला परेको थियो।
  • प्रहरीले प्रारम्भिक अनुसन्धानमा माछा मार्न थापेको पासो तान्दा चिप्लिएर बगेका कारण मृत्यु भएको हुन सक्ने बताएका छन्।

२२ पुस, रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेस्थित सानी भेरी नदीमा माछा मार्न थापेको पासो तान्ने क्रममा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–८ लम्पाकोटका २० वर्षीय लक्ष्मण नाथ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी लालबहादुर विकको अनुसार सानी भेरी नदीको किनारबाट करिब ३०० मिटर पश्चिम ढुङ्गाको कोचमा अड्किएको अवस्थामा नाथको शव फेला परेको हो ।

शव मृत अवस्थामा फेला परेपछि प्रहरी टोलीले नदीबाट बाहिर निकालेको उनले बताए ।

प्रारम्भिक अनुसन्धानअनुसार माछा मार्न थापिएको पासो तान्ने क्रममा नदीमा चिप्लिएर बग्दा उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?