+
+
WC Series
कर्णाली याक्स 2025
143/1 (11.3)
VS
५१ बलमा १४ रन आवश्यक
लुम्बिनी लायन्स 2025
156/8 (20)
Shares

एमाले रुकुमपूर्वका नेता कैलाश मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १०:०९

६ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वका पूर्व उपविजेता एवं एमालेका प्रतिनिधि सभा उम्मेदवार रहेका कैलाशकुमार मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उनलाई औपचारिक सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।

०७९ को प्रतिनिधि सभा निर्वाचनमा मल्ल माओवादीका उम्मेदवार पूर्णबहादुर घर्तीमगरसँग पराजित भएका थिए । घर्तीले १२ हजार २६२ मत ल्याउँदा मल्लले ५ हजार २११ मत प्राएका थिए ।

एमाले त्यागेर नेपाली कम्युनिस्ट पार्टीमा लाग्ने निर्णय सार्वजनिक गर्दै मल्लले पार्टीभित्र गुटगत स्वार्थ, राजनीतिक असमानता र ‘जनवादी केन्द्रीयता’ विपरीतका व्यवहारले आफू निराश भएको बताएका छन् ।

‘७० वर्ष उमेर सीमा र दुई कार्यकाल सीमित गर्ने प्रावधान उल्ट्याइएपछि एमालेभित्रको नेतृत्व चरित्रभन्दा निराशा बढ्दै गयो’, उनले भने ।

जनयुद्धकालीन पृष्ठभूमि, सेनाद्वारा गिरफ्तारी र शिवपुरीमा भोगेको यातनासहितको राजनीतिक यात्रालाई स्मरण गर्दै मल्लले माओवादी मूलधारका कार्यकर्ताप्रति एमाले नेतृत्वले गरेको ‘नकारात्मक व्यवहार र बहिष्कार प्रवृत्ति’ले आफूलाई अलग हुन बाध्य बनाएको बताए ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोकेर एमालेले ‘अहंकारी प्रवृत्ति देखाएको’ आरोपसमेत उनले लगाए ।

रुकुम–रोल्पाजस्ता ‘रातो भूगोल’ प्रति देखिएको उदासीनता, शहीद परिवारप्रति बेवास्ता र भ्रष्टाचारको संरक्षण पार्टीभित्र सामान्यजस्तै बनेको उनको आरोप छ ।

मल्लले प्रचण्डदेखि झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावललगायतका नेताले मूल कम्युनिस्ट धारमा फर्किन प्रेरित गरेको भन्दै आफू अब नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा जुट्ने प्रतिवद्धता व्यक्त गरे। ‘फुटेर होइन, जुटेर मात्रै रुकुमपूर्वको समृद्धि सम्भव छ’, मल्लले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?