+
+
Shares

चुनावमा कांग्रेस–नेकपा मिल्नुपर्छ भन्ने विचार एमालेमा छ : महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच सहकार्य हुनुपर्ने विचार उठिरहेको बताए।
  • बस्नेतले वैदेशिक षड्यन्त्रलाई निस्जेत पार्न तीन दलबीच सहकार्य आवश्यक रहेको बताए।
  • उनले निर्वाचनलाई आन्दोलनको रूपमा अघि बढाउने र एमालेले एक्लैले बहुमत ल्याउने दावीसमेत गरे।

२२ पुस, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच सहकार्य हुनुपर्ने विचार उठिरहेको बताएका छन् ।

वैदेशिक षड्यन्त्रणलाई पूर्ण रूपमा निस्जेत पार्नका लागि भए पनि तीन दलबीच सहकार्य आवश्यक रहेको विचार पार्टीभित्र रहेको उनको भनाइ छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले निर्वाचनलाई आन्दोलनको रूपमा अघि बढाउने बताए । ‘आम निर्वाचनलाई प्रतिगमन सच्चाउने आन्दोलनको रूपमा उपयोग गर्छ,’ बस्नेतले भने ।

उनले प्रतिनिधिसभाको आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने अवस्थामा रहेको दावीसमेत गरे । तर, उच्चतहको समझदारी र सहकार्य हुँदा निर्वाचनमा गठबन्धन हुनसक्ने पनि बताए ।

ठूला दलहरू मिल्दा मुलुकलाई निकास दिन सहज हुने भए पनि त्यस्तो अवस्थामा घोषित मितिमा निर्वाचन हुन नदिने आशंका बस्नेतको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?