News Summary
Generated by OK AI. Editorially reviewed.- नेता विमलेन्द्र निधिले केन्द्रीय कार्यालय नजिकै भएको दुर्व्यवहारप्रति निन्दा गर्दै उछ्शृंखल तत्वहरू नै दोषी भएको बताउनुभयो।
- मधु आचार्यले केन्द्रीय कार्यालय घेर्ने कार्यक्रम नभएको स्पष्ट पार्दा पनि निधिसँग दुर्व्यवहार भएको उहाँले खुलाउनुभयो।
- निधिले प्रशासनको सुरक्षा जिम्मेवारी नभएको र आफूमाथि असभ्य व्यवहार गर्नेहरू कांग्रेसका नभएको उल्लेख गर्नुभयो।
२२ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी केन्द्रीय कार्यालय नजिकै आफूमाथि भएको दुर्व्यवहारप्रति निन्दा गरेका छन् ।
घटनापछि सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूमाथि भएको दुर्व्यवहारप्रति निन्दा गरेका हुन् ।
‘उछ्शृंखल तत्वहरू नै थिए । यो निन्दनीय काम हो । यसैमा अलमलिने काम पनि छैन,’ नेता निधिले भने ।
निधिले के भने ?
मधु आचार्य जो विशेष महाधिवेशन पक्षधरको हुनुहुन्छ । उहाँको वक्तव्य निस्केको छ, त्यो मैले पत्रपत्रिकाकै माध्यमबाट थाहा पाएँ भर्खरै । उहाँले के भन्नुभएको छ भने- नेपाली कांग्रेसको केन्द्रीय कार्यालय घेर्ने कार्यक्रम छैन । नेपाली कांग्रेसको केन्द्रीय कार्यलय घेर्ने कार्यक्रम छैन भनेपछि मसँग यहाँ भएको दुर्व्यवहारबारे के भनिठान्छु भनेँ विशेष महाधिवेशनको आयोजक पक्षधर यहाँ थिएनन्, अब कोही हुलदंगा गर्ने, अर्को भाषामा भन्ने हो भने गुण्डागर्दी गर्ने उछ्श्रृंखल तत्वहरू आएको थियो । त्यो आउनु हुँदैन थियो ।
सरकारको, प्रशासनको पनि यो कर्तव्य हुन्छ सुरक्षा दिनु । हाम्रो आफ्नै कार्यालयको सचिवालयको प्रशासनिक दायित्वभित्र पनि पर्छ । म आउँदा गाडी ब्लक थियो । कार्यालयभित्र पस्ने अवस्था थिएन । त्यहीँबाट आर्लिएँ ।
गाडीबाट ओर्लिएपछि दुई–चार जना केटाहरू, चिन्दिनँ म । केटाहरू आएर मेरो बाटो छेक्नुभयो । बाटो छेकिसकेपछि मैले जानदिनुपर्यो भनेँ । तीन–चार जना अगाडि आएर मेरो गाडीकै हुट फर्काए । त्यसपछि विशेष महाधिवेशन गर्नुपर्यो । तपाईंहरूको भोटर हो, के–के भन्न थाले ।
मैले म विशेष महाधिवेशनको पक्षधर होइन भने । यहाँ सभ्य भएर, शान्त भएर कुरा गर्नुस् भन्दा अलिकति असभ्य भाषाहरू बोले । को हो तपाईं, तपाईंलाई चिन्दिनँ भन्दा पुष्टि भयो नि त । उनीहरू कांग्रेस रहेनछ ।
किनभने विशेष महाधिवेशन पक्षधर मध्येको एउटा प्रमुख मान्छे मधु आचार्यजीको वक्तव्य आएको रहेछ, कि केन्द्रीय कार्यालय घेर्ने हाम्रो कार्यक्रम होइन भनेपछि विशेष महाधिवेशन पक्षधर पनि रहेनछन् । मुखबाट रक्सी गन्हाइरहेको थियो । उछ्श्रृंखल उच्ऋंखल तत्वहरू नै थिए । यो निन्दनीय काम हो । यसैमा अलमलिने काम पनि छैन ।
प्रतिक्रिया 4