+
+
Shares

धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधि एकल उम्मेदवार सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १४:२७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस धनुषाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको एकल नाम सिफारिस गरेको छ।
  • कांग्रेसको क्षेत्रीय कमिटीले समानुपातिक तर्फ प्रफुल्ल घिमिरे र ललन चौधरी तथा महिला तर्फ उर्मिला यादवको नाम सिफारिस गरेको छ।
  • धनुषा क्षेत्र नम्बर ३ मा २०७४ मा निधि पराजित भएका थिए भने २०७९ मा नेकपा एमाले नेतृ जुली महतो निर्वाचित भएकी थिइन्।

२६ मंसिर, जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस धनुषाले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको एकल नाम सिफारिस भएको छ ।

कांग्रेसको क्षेत्रीय कमिटीको बैठकले प्रत्यक्ष तर्फ निधिको एकल नाम सिफारिस गरेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जानकारी दिए ।

उनका अनुसार समानुपातिक तर्फ प्रफुल्ल घिमिरे र ललन चौधरी र महिला तर्फ उर्मिला यादवको नाम सिफारिस भएको हो ।

धनुषा क्षेत्र नम्बर ३ मा २०७४ मा निधि पराजित भएका थिए ।

तत्कालीन राजपा नेपालबाट राजेन्द्र महतो निर्वाचित भएका थिए । २०७९ को चुनावमा नेकपा एमाले नेतृ जुली महतो निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?