+
+
Shares

कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की

सामाजिक सञ्जालमा देखिएको एक भिडियोमा दुई पक्षबीच चर्काचर्की परेको देखिन्छ । भिडियोमा निधिले ‘को हो त्यो मान्छे, ए को हो ? को हो ? ए को हो ? कांग्रेसी होइन यो, कांग्रेसी होइन’ भनेको सुनिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ।
  • नेता निधिले प्रदर्शनकारीलाई 'को हो त्यो मान्छे, कांग्रेसी होइन यो' भनेका छन् र भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
  • विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले विशेष पक्षधरले सानेपा घेराउन कुनै आपचारिक कार्यक्रम नभएको स्पष्ट पारेका छन्।

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ ।

पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केह कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पुर्‍याएका थिए ।

सो क्रममा नेता निधि र कार्यकर्ताहरूबीच चर्काचर्की भएको थियो । सामाजिक सञ्जालमा देखिएको एक भिडियोमा दुई पक्षबीच चर्काचर्की परेको देखिन्छ ।

भिडियोमा निधिले ‘को हो त्यो मान्छे, ए को हो ? को हो ? ए को हो ? कांग्रेसी होइन यो, कांग्रेसी होइन’ भनेको सुनिन्छ ।

विशेष पक्षधर कार्यकर्ताको माझबाट ‘तपाईं चैं हो ?’ भन्ने आवाज सुनिन्छ । निधि पार्टी कार्यालयतर्फ गइसकेपछि होहल्लाका बीच ‘ओइ, आइजा’, ‘तेरो घर…’ आदि स्वर सुनिन्छ ।

यसैबीच विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य मधु आचार्यले मंगलबार आफूहरूको कुनै औपचारिक कार्यक्रम नरहेको र विशेष पक्षधरले सानेपा घेराउ नगरेको बताएका छन् ।

‘कसैले आफ्नो हिसाबले स्व:स्फूर्त व्यक्तिले गर्ने कुराको छुट्टै विषय होला । तर, विशेष महाधिवेशन पहल गर्ने पक्षको कुनै त्यस्तो कार्यक्रम छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?