News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले २७–२८ फागुनमा भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ।
- पक्षधर समूहले विभिन्न समितिहरू गठन गरी आवास, भोजनालय, युवा परिचालन, स्वयंसेवक परिचालन र यातायात व्यवस्थापन जिम्मा बाँडफाँट गरेको छ।
- नेता मनोजमणि आचार्यले समितिहरू गठनबारे २२ पुसमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताउनुभयो।
२२ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले विशेष महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । उक्त समूहले विशेष महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ ।
विशेष महाधिवेशन पक्षधरको मंगलबार बसेको बैठकले समितिहरू गठन गरेको नेता मनोजमणि आचार्यले जानकारी दिए ।
‘विभिन्न जिम्मेवारी बाँडफाँट गरेका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘आजै पत्रकार ४ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं ।’
विशेष पक्षधर समूहले समिति गठनबारे विस्तृत जानकारी नदिए पनि स्रोतले आवास तथा भोजनालय समितिको जिम्मा कांग्रेस धादिङका पूर्वसभापति रमेश धमलालाई दिइएको छ ।
यस्तै भ्रातृ, शुभेच्छुक युवा परिचालनको जिम्मा केन्द्रीय सदस्य प्रतिमा गौतम र जनपरिचालन समिति संयोजकको जिम्मा नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वर नरसिंह केसीलाई दिइएको छ ।
स्वयंसेवक परिचालन समितिको जिम्मेवारी मनिष कोइराला र यातायात व्यवस्थापनमा माधव ढकालले पाएका छन् ।
विशेष पक्षधरले २७–२८ फागुनमा विशेष महाधिवेशन गर्ने तयारीस्वरूप भृकुटीमण्डप बुकिङ गरिसकेका छन् ।
प्रतिक्रिया 4