+
+
Shares

सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक

विशेष महाधिवेशन पक्षधरले २७ र २८ पुसमा विशेष महाधिवेशन बोलाएपछि पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बसेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १८:३२

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ ।

महामन्त्री गगन थापा र  विश्वप्रकाश शर्माले २७ र २८ पुसमा विशेष महाधिवेशन बोलाएपछि पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बसेको हो ।

बैठकमा महामन्त्री विश्व प्रकाश शर्मा भने अनुपस्थित छन् । उनी यसअघिका दुई वटा बैठकमा समेत अनुपस्थित थिए ।

यसअघि कांग्रेसले विज्ञप्ति जारी गरेर विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभएको बताएको थियो । त्यसअघि विशेष पक्षधरले पत्रकार सम्मेलन गरे विशेष महाधिवेशन आह्वान गरेको थियो ।

कांग्रेसको संस्थापन पक्षले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ । सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?