२४ पुस, काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्लाका सबै महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागिताका लागि अनुरोध गरेको छ ।
जिल्ला सभापति तीर्थ लामाले बिहीबार विज्ञप्तिमार्फत जिल्लाका सबै महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी हुन अनुरोध गरेका हुन् ।
विशेष महाधिवेशन पक्षधरले २७ र २८ पुसमा भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेको छ । विशेष महाधिवेशनका लागि आवश्यक तयारी समेत सुरु भइसकेको छ ।
‘नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित को धारा १७ (२) बमोजिम आह्वन गरिएको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा अनिवार्य उपस्थिति र सक्रिय सहभागिताका लागि काभ्रे जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अनुरोध गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेस काभ्रेका अग्रज तथा विभिन्न तहका जिम्मेवारीमा रहेका व्यक्ति तथा सदस्यहरू र शुभचिन्तकहरूलाई समेत उपस्थितिका लागि अनुरोध गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4