+
+
Shares
रहबर अन्सारीसँग वार्ता  :

‘जनतालाई यसरी धोकामा राख्न सकिन्न भनेर राजीनामा दिएँ’

‘सम्झौताको कुनै सीमा नै नभएपछि र ब्रेक फेल भएपछि दुर्घटना निश्चित हुन्छ। हामीसँग अझै समय छ, जनताको धेरै सेवा गर्नु छ। जनतालाई यसरी धोकामा राख्न सकिन्न भन्ने निष्कर्षमा पुगेर मैले यो निर्णय लिएको हुँ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १८:१८

पछिल्लो समय पार्टीभित्र विभिन्न ढंगले विद्रोह गर्दै पार्टीलाई प्रश्न गरिरहेका नेपाली कम्युनिष्ट पार्टीका नेता तथा मधेश प्रदेश सभाका सदस्य रहबर अन्सारीले बिहीबार पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन्। मधेशको राजनीतिमा राम्रो पकड भएका र प्रदेश सभामा स्पष्ट वक्ताका रूपमा चिनिएका अन्सारीले पार्टी नेतृत्वको कार्यशैली र दिशाहीन सम्झौताप्रति असन्तुष्टि जनाउँदै पद र दलभन्दा जनताको सेवा ठूलो भएको उल्लेख गर्दै राजीनामा दिएका हुन् ।

आखिर उनले किन अचानक पार्टी छोडे? नेतृत्वसँगको मुख्य असहमति के हो? र, अबको उनको राजनीतिक यात्रा कुन दिशामा मोडिनेछ? यिनै विषयमा केन्द्रित रहेर अनलाइनखबरले अन्सारीसँग गरेको छोटो वार्ताः

तपाईंले लामो समय आबद्ध रहेको पार्टी किन छोड्नुभएको?

यसका विविध कारण छन्। मुख्य कुराजहाँ विचार मिल्दैन र आफूले जुन उद्देश्यका साथ राजनीतिमा होमिएको होत्यो उद्देश्य पूरा गर्न सकिने अवस्था रहँदैन भने त्यहाँ बसिरहनुको अर्थ हुँदैन। हामी देश र जनताको सेवा गर्ने भनेर राजनीतिमा आएका हौं। पार्टीले सही विचारधारा र काम गर्ने स्पेस नदिएपछि त्यहाँ बसिरहनु उचित नलागेर मैले राजीनामा दिएको हुँ।

तपाईंले आफ्नो राजीनामा पत्रमा प्रचण्डलाई नेकपाको संयोजक‘ नभनी पूर्व माओवादी अध्यक्ष‘ भनेर सम्बोधन गर्नुभएको छ। यस्तो किन?

निर्वाचन आयोगमा आज पनि म हँसिया हथौडा‘ चुनाव चिह्नबाटै जितेको प्रदेश सांसदका रूपमा दर्ता छु। म नेकपा माओवादी केन्द्रकै सदस्यता लिएर यो पार्टीमा आएको थिएँ। त्यसैलेमैले नेकपा माओवादी केन्द्रकै सदस्यको रूपमा पार्टी छोडेको हुँ। मेरो आशय यही हो । 

विगतमा माओवादी समर्थकले कतै रुख त कतै सूर्यमा भोट हालेअरूले पनि हँसिया हथौडामा मत दिए। अहिले आएर चुनाव चिह्नकै कुरा निकालेर सहानुभूति लिनुपर्ने अवस्था किन आयो ? 

होइनमैले सहानुभूति लिन खोजेको होइन। यो पार्टीको अडानविचार र सिद्धान्तको कुरा हो। व्यवहारिकताको नाममा नेतृत्वले कतिसम्म सम्झौता गर्ने ? कतिसम्म विचलित हुने ? सम्झौताको कुनै सीमा नै नभएपछि र ब्रेक फेल भएपछि दुर्घटना निश्चित हुन्छ। हामीसँग अझै समय छजनताको धेरै सेवा गर्नु छ। जनतालाई यसरी धोकामा राख्न सकिन्न भन्ने निष्कर्षमा पुगेर मैले यो निर्णय लिएको हुँ।

त्यसोभए प्रचण्डबाट अब पार्टी निर्माण सम्भव छैन भन्ने तपाईंको निष्कर्ष हो?

त्यो त अब जनतामाझ प्रष्टै छ। उहाँको विगतको योगदान अविस्मरणीय छ, उहाँले यो देशमा गर्नुभएको योगदानको म कदर गर्छु। तर अब उहाँको नेतृत्व समय सान्दर्भिक छैन। १७–१८ वटा पार्टी मिलाएर बृहत् कम्युनिष्ट एकता‘ गर्छु भन्नु भएको छत्यो कुरा अब सम्भव देखिँदैन। त्यसमा कम्युनिष्ट पार्टीको मर्म पनि म देख्दिनँ।

अब तपाईंको राजनीतिक यात्रा कसरी अगाडि बढ्छकुनै नयाँ पार्टीमा प्रवेश गर्ने सोच छ?

अहिलेलाई देशजनता र समाजको सेवा गर्दै अगाडि बढ्छु। कुनै पार्टीमा प्रवेश गर्नेबारे अहिले केही सोचेको छैन। हेरौंमेरो विचार कोसँग मेल खान्छ र कहाँ बसेर मैले काम गर्न सक्छुम आफ्नो स्पेस‘ आफैँ सिर्जना गर्छु।

आगामी फागुनको प्रतिनिधिसभाको चुनावमा तपाईं प्रदेश सभाबाट राजीनामा दिएर भिड्दै हुनुहुन्छ भन्ने चर्चा छ नि?

मलाई निर्वाचित गर्ने जनतासँग सल्लाह नगरी मैले यस्तो निर्णय लिनु उचित हुँदैन। केही दिनमा उनीहरूसँग छलफल गरेर मात्र यसबारे केही भन्न सक्छु।

तपाईंको नजरमा अहिलेका परम्परागत पार्टीहरूले ठूलो आन्तरिक आलोचना र प्रश्न सामना गर्नुको मुख्य कारण के हो?

अहिलेको मुख्य समस्या भनेको राजनीतिलाई देश र जनताको सेवा गर्ने माध्यम बनाउनुको सट्टा केवल भाषणमा मात्र सीमित गरिनु हो। कुनै पनि पार्टीले व्यवहारतः देशलाई निकास दिन सकेको छैन । कुनै पनि पार्टीले व्यवहारिक रूपमा समस्या समाधान गर्न सकेका छैनन्। जनतालाई अब ठूला सिद्धान्त र भाषण होइन, ‘रिजल्ट‘ चाहिएको छ। त्यो रिजल्ट दिन नसक्नु नै अहिलेको विडम्बना हो।

तपाईंले राजीनामा पत्रको बोधार्थमा जनयुद्धका सहिद परिवार, विगतमा परिवर्तनका लागि लडे पनि अहिले सत्ताको सुविधामा अलमलिएका, अवसरवादीहरू र वास्तविक सहिदहरूलाई उल्लेख गर्नुभएको छ। यसको अर्थ तपाईंको सहानुभूति अझै पनि त्यही विचारधारामा छ भन्ने हो?

यसलाई विचारधारा भन्दा पनि नेपाली जनताले विभिन्न समयमा विभिन्न आन्दोलन, क्रान्ति र विद्रोहहरू हेर्दै आएका छन् । विगतमा पछिल्लो सबैभन्दा सान्दर्भिक क्रान्ति जनयुद्धबाट यो राज्यले धेरै कुरा पाएको छ । जनताले ठूलो अपेक्षा गरेका थिएधेरैले सहादत दिए। तर यत्रो समयसम्म पनि ती क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्न नसक्नु नेतृत्वको नाकामी हो भन्ने मेरो भनाइ हो। त्योभन्दा बढी मैले कुनै विचारधाराबारे प्रष्ट पार्न खोजेको होइन । 

तपाईं व्यक्तिगत रूपमा बाहिरिनुभएको हो कि तपाईंको पछाडि कुनै ठूलो समूह वा टिम पनि छ?

अहिलेका लागि यो मेरो व्यक्तिगत राजीनामा हो। टिम वा समूहको कुरा त भविष्यले नै बताउला।

तपाईं केही समयदेखि विद्रोही स्वरूपमा देखिनुभएको छ। विभिन्न सुधारवादी समूह वा अन्य दलभित्रको परिवर्तनको बहससँग आफूलाई कत्तिको निकट पाउनुहुन्छ?

म कुनै पार्टीलाई पूरै गलत वा पूरै सही भन्दिनँ। पार्टीहरूमा विभिन्न उद्देश्यले लागेका, विभिन्न विचारधारा भएका नेताहरू हुनुहुन्छ । सही उद्देश्यका साथ राजनीतिमा लागेका मानिसहरू छन् । उहाँहरूका आ-आफ्नै विज्ञता र क्षमता छन् । कांग्रेसएमालेरास्वपा लगायतमा भएका राम्रा क्षमताहरूलाई मान्छु । सबैका राम्रा सोचहरूलाई सम्मान गर्छु।

पार्टी छोड्नुअघि प्रचण्ड वा उहाँको सचिवालयसँग केही कुरा भएको थियो?

छैनमैले कुनै कुरा गरेको छैन। आफ्नै स्वेच्छाले राजीनामा दिएको हुँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?