+
+
Shares

कांग्रेस विशेष महाधिवेशनका लागि होटलका १५ सय कोठा बुक

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि काठमाडौँमा होटल बुक गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १६:०३

२४ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि काठमाडौँमा होटल बुक गरिएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले काठमाडौंका विभिन्न होटलमा गरेर एक हजार पाँचसय कोठा बुक गरिसकिएको छ ।

‘२६ गतेदेखि कोठाहरू प्रयोगमा ल्याउने गरी हामीले बुक गरिसकेका छौँ,’ उनले अनलाइनखबरसँग भने, ‘सुनधारा, ठमेल, एयरपोर्ट, सिनामंगललगायत क्षेत्रका होटल हामीले बुक गरेका छौँ ।’

नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गते ११ बजे भृकुटीमण्डपमा सुरु हुने कार्यतालिका छ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आह्वान गरेका छन् ।

अहिले विशेष महाधिवेशनका लागि विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउनेक्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?