२४, पुस, चितवन । नेपाल कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाको उपस्थिति नहुने विशेष महाधिवेशनमा सहभागी नहुने जनाएका छन् ।
अनलाइनखबरसँग कुराकानी गर्दै सभापति खनालले पार्टी फुटाउने हिसाबले डाकिएको विशेष महाधिवेशनमा प्रतिनिधिहरू सहभागी नहुने विश्वास रहेको बताएका हुन् ।
आफू नियमित महाधिवेशनको पक्षमा रहेको तर विषेश महाधिवेशन गर्नु नै पर्ने अवस्था आए पनि सहमति र विश्वासमा गर्न छाडेर पार्टी नै विभाजन गर्ने गरी अगाडि बढ्न नहुने सभापति खनालको धारणा छ ।
‘शेरबहादुर देउवा र शेखर कोइराला विषेश महाधिवेशनमा जानु भयो भने हामी पनि जान्छौं, नभए सहभागी हुने कुरा हुँदैन,’ सभापति खनालले भने, ‘मलाई जिल्लामा सम्पर्क गर्ने महाधिवेशन प्रतिनिधीहरुलाई मैंले यहीँ कुरा भनेको छु । उहाँहरूआफैं पनि विवेक पुर्याउनुहुन्छ जस्तो लाग्छ ।’
जिल्ला सभापति खनालले पुस २६ गते साँझसम्म एउटा निकाश निस्कने विश्वास लिएको बताए ।
चितवनबाट कांग्रेसका ८५ जना महाविधेशन प्रतिनिधी छन् । देउवा पक्षका एक महाधिवेशन प्रतिनिधीले जिल्लाबाट २५ देखि ३० जनाभन्दा बढि प्रतिनिधी विशेष महाधिवेशनमा सहभागी नहुने बताए ।
उनले सुरुमा विशेषको पक्षमा हस्ताक्षर गर्नेहरूले अहिले फिर्ता लिएको र हस्ताक्षर गर्ने केही अधिवेशनमा सहभागी हुन नजाने दाबी गरे।
प्रतिक्रिया 4