News Summary
Generated by OK AI. Editorially reviewed.- श्रीलङ्काको उत्तरपश्चिमी प्रान्तमा अवैध विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ।
- मधिरा पिए लगत्तै तीन जनाको मृत्यु भएको र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।
- श्रीलङ्कामा करिब ४० प्रतिशत मधिरा अवैध रहेको र यसको विषाक्तताले स्वास्थ्य जोखिम निम्त्याउने आधिकारिक तथ्याङ्कले देखाएको छ।
२२ पुस, कोलम्बो । श्रीलङ्काको उत्तरपश्चिमी प्रान्तमा अवैध रूपमा बनाइएको विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ ।
प्रहरीका अनुसार मदिरा पिए लगत्तै तिन जनाको मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।
श्रीलङ्कालीहरूले प्रयोग गर्ने मधिराहरु मध्ये करिब ४० प्रतिशत अवैध मधिरा रहेको र यसको विषाक्तताका कारण गम्भीर स्वास्थ्य जोखिम आउने गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
श्रीलङ्काका मा मदिरामा मुख्य रूपमा मेथनोल वा पाराक्वाटको प्रदूषणका कारण अवैध मधिरा सँग सम्बन्धित सामूहिक विषाक्तता र मृत्युका धेरै घटनाहरू रेकर्ड गर्ने गरेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4