News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २२ पुस, काठमाडौंमा सुरु भएको छ।
- बैठकमा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको विषयमा छलफल हुने नेताहरूले बताएका छन्।
- एमालेले कांग्रेससँग ७ सिट माग गरी चुनावी तालमेल गर्ने निर्णय गरेको छ र कांग्रेसले त्यसको ब्रिफिङ गर्नेछ।
२२ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केहीबेरमा बस्दै छ । आजको बैठकमा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयन हुँदैछ । त्यसअघि नेताहरू छलफलमा जुटेका हुन् ।
१८ सिटका लागि हुने राष्ट्रिय सभा निर्वाचनमा ठूला दल नेपाली कांग्रेस-नेकपा एमालेबीच तालमेलको तयारी गरिएको छ ।
आज बसेको एमालेको सचिवालय बैठकले उम्मेदवार छनोटको जिम्मा अध्यक्ष केपी ओलीलाई दिने र नेपाली कांग्रेससँग तालमेल गर्ने निर्णय गरेको थियो । एमालेले कांग्रेससँग ७ वटा सिट माग गरेर जाने पनि निर्णय गरेको छ ।
त्यस्तै कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकले एमालेको शीर्ष नेतृत्वसँग चुनावी तालमेलको विषयमा छलफल गरिरहेका छन् ।
आजको बैठकमा खड्काले एमालेसँगको छलफलको ब्रिफिङ गर्नेछन् । आजको बैठकअघि पार्टी कार्यालयअगाडि नेताहरूलाई बाटो छेक्दै केही कार्यकर्ताले विरोध जनाएका थिए ।
सबै तस्बिर- चन्द्र आले/अनलाइनखबर


प्रतिक्रिया 4