+
+
Shares

राति अबेरसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार तय गर्छौं : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १६:४४

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरू आजै टुंगो लगाउने बताएको छ । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, आजै केहीबेरमा राष्ट्रिय सभा उम्मेदवार तय गरिनेगरी छलफल अघि बढेको छ ।

कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ ।

‘हाम्रो बैठक केहीबेरका लागि स्थगित भएको छ,’ महतले भने, ‘राति अबेरसम्म बसेर भएपनि राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरिनेछ ।’

 सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने चुनावी तालमेलबारे ‘ब्रिफिङ’ गरेका थिए ।

सोमबारको बैठकपछि कार्यवाहक सभापति खड्का केन्द्रीय सदस्य रमेश लेखकका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न भक्तपुरको गुण्डु पुगेका थिए ।

त्यसअघि आइतबार एमाले महासचिव शंकर पोखरेलले कांग्रेस कार्यवाहक सभापति खड्का र लेखकसँग कुराकानी गरेका थिए ।

आइतबार नै एमाले अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि संवाद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?