+
+
Shares

भेनेजुएलाको राष्ट्रपति भवन नजिक चल्यो गोली

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भेनेजुएलाको राष्ट्रपति भवन नजिक सोमबार राति गोलीबारी भएको छ र आकाशमा ड्रोनको प्रकाश देखिएको छ।
  • अमेरिकाले राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई गिरफ्तार गरेर न्यूयोर्क लगेको दुई दिन नबित्दै गोलीबारी भएको हो।
  • ह्वाइट हाउसले गोलीबारीमा आफ्नो संलग्नता नरहेको र सैनिक समूहबीच भ्रमका कारण गोली चलेको प्रष्ट पारेको छ।

२२ पुस, काठमाडौं । भेनेजुएलाको राष्ट्रपति भवन नजिकको क्षेत्रमा गोलीबारीको आवाज सुनिएको छ ।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पत्तिलाई गिरफ्तार गरेर न्यूयोर्क लगेको २ दिन नबित्दै काराकासमा राष्ट्रपति भवन वरपर गोली चलेको आवाज सुनिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका भिडियोमा सोमबार राति भेनेजुएलाको राष्ट्रपति भवन नजिक आकाशमा ड्रोनको प्रकाश र गोली चलेको देखिन्छ ।

लागुऔषध तस्करीलाई वैधता दिएको आरोप लगाउँदै अमेरिकाले गत शनिबार राति ल्याटिन अमेरिकी देश भेनेजुएलामा सैन्य हस्तक्षेप गरेर राष्ट्रपति मदुरो र उनकी पत्नीलाई गिरफ्तार गरेको थियो ।

मदुरोमाथि अमेरिकी अदालतमा लागुऔषध, हतियार लगायतका मुद्दा दायर गरिएको छ ।

सोमबार न्यूयोर्कको अदालतमा मदुरोले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । आफूलाई अपहरण गरेर न्यूयोर्क ल्याइएको र अहिले पनि आफू भेनेजुएलाको वैध राष्ट्रपति भएको अदालत समक्ष बताएका छन् ।

 शनिबार राति भएको अमेरिकी आक्रमणमा परेर हालसम्म भेनेजुएलामा कम्तीमा ५० जनाको मुत्यु भएको छ ।

तर, काराकासको राष्ट्रपति कार्यालय नजिक सोमबार राति भएको गोलीबारीमा भने आफ्नो संलग्नता नरहेको ह्वाइट हाउसले प्रष्टीकरण दिएको छ ।

सीएनएनका अनुसार राष्ट्रपति भवन रहेको क्षेत्रमा परिचालित भएका सैनिकहरूको समूहबीच भ्रम पैदा भएर गोली चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?